मन्त्रिपरिषद् बैठक आज बस्दै
थानकोट ।
प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)को आह्वानमा आज (असार १८) मन्त्रिपरिषद् बैठक बस्दै छ ।
दिउँसो २ बजे मन्त्रिपरिषद् बैठक बस्ने सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलको सचिवालयले जनाएको छ ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक बस्नेछ ।
मन्त्रिपरिषद् बैठकबाट विभिन्न निर्णय गरिनेछ ।









