नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज बस्दै
थानकोट ।
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको भर्चुअल बैठक आज बुधबार बस्दै छ ।
बैठकमा यही २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनमा पार्टीको तयारीलगायत समसामयिक राजनीतिक विषयमा छलफल हुने कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिए ।
बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी एवं सदस्य र सातवटै प्रदेश कार्यसमितिका सभापतिको उपस्थितिका लागि अनुरोध गरिएको छ ।















