६५ प्रतिशत मत खस्ने निर्वाचन आयोगको अनुमान
थानकोट ।
कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले देशभर शान्तिपूर्ण वातावरणमा उत्साहपूर्वक मतदान जारी रहेको बताएका छन् ।
मतदानपछि उनले भने, ‘बिहान ७ बजेदेखि नै व्यवस्थित र उत्साहजनक रुपमा मतदान सुरु भएको छ । मततदाताको उपस्थिति र शान्ति सुरक्षा अत्यन्त राम्रो छ’, उनले भने, ‘मतपत्र पाएपछि एकदेखि दुई मिनेट भित्र मतदान सकिनेछ ।’
यसैगरी उनले उनले मतदानमा ६५ प्रतिशतभन्दा बढी मत खस्ने अनुमान गरिएको बताए । उनले सबै सरोकारवाला मतदाता, राजनीतिक दल र उम्मेदवारलाई उत्साहजनक र शान्तिपूर्ण मतदानमा सहयोग गर्न आह्वान गरे । मतदान सम्पन्न भएलगतै मतपेटिका संकलनपछि मतगणना गरिने उनले जानकारी दिए ।
उनले आयोगको मतगणना सुरु भएको २४ घण्टाभित्र प्रत्यक्षतर्फको नतिजा सार्वजनिक गर्ने प्रयासमा रहेको बताए ।















