देशभर ५८.५८ प्रतिशत मतदान, दुई करोड ४५ हजारभन्दा बढी मतदाता सहभागी
थानकोट ।
प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ अन्तर्गत देशभर ५८.५८ प्रतिशत मतदान भएको प्रारम्भिक विवरण सार्वजनिक भएको छ।
जिल्लागत विवरणका आधारमा तयार गरिएको तथ्यांकअनुसार देशभर रहेका ३,४२,२०,६५३ मतदातामध्ये २,००,४५,९०९ मत खसेको देखिएको छ।
प्रदेशगत रूपमा बागमती प्रदेशमा सबैभन्दा बढी ६०.९३ प्रतिशत मतदान भएको छ। त्यस्तै कोशी प्रदेशमा ५८.६२ प्रतिशत, मधेश प्रदेशमा ५८.३९ प्रतिशत तथा गण्डकी प्रदेशमा करिब ५९ प्रतिशत मतदान भएको विवरणमा उल्लेख छ।
यसैगरी लुम्बिनी प्रदेशमा ५९.९१ प्रतिशत, कर्णाली प्रदेशमा ५५.६६ प्रतिशत तथा सुदूरपश्चिम प्रदेशमा ५८.५८ प्रतिशत मतदान भएको प्रारम्भिक तथ्यांकमा उल्लेख गरिएको छ।
निर्वाचन आयोगका अनुसार उक्त विवरण जिल्ला–जिल्लाबाट प्राप्त प्रारम्भिक तथ्यांकका आधारमा तयार गरिएको हो।
मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतका कार्यालयबाट थप विवरण प्राप्त भएसँगै आवश्यक परिमार्जन हुन सक्ने जनाइएको छ।















