प्रतिनिधि सभा सदस्य निर्वाचन-२०८२ः कांग्रेसले पनि खाेल्याे खाता, मुस्ताङमा थकाली निर्वाचित
थानकोट ।
प्रतिनिधि सभा निर्वाचनमा मुस्ताङमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।
याेगेश गाैचन थकाली विजयी ३ हजार ३०७ मतसहित विजयी भएका हुन् ।
यस्तै, कांग्रेसको अहिलेसम्म ५ ठाउँमा अग्रता कायम छ ।
ललितपुर–१ मा उदयशसेर जबरा, कपिलवस्तु–३ मा अभिषेकप्रताप शाह, रसुवामा मोहन आचार्यकाे अग्रता छ ।
यसैगरी, कैलाली–१ मा जनकराज चौधरी सुर्खेत–२ मा नारायणकुमार कोइरालाले अगाडि छन् ।















