एक पटकको पराजय अन्तिम सत्य हैन: महेश बस्नेत
थानकोट ।
नेपाल कम्युनिष्ट पार्टी ( एमाले) का सचिव महेश बस्नेतले ले प्रतिनिधिसभा निर्वाचनको परिणाम आउँदै गर्दा लोकतान्त्रिक प्रक्रियामा हार-जित स्वाभाविक रहेको भन्दै एकपटकको पराजय अन्तिम सत्य नभएको बताएका छन्।
बस्नेतले सामाजिक सञ्जालमा लेख्दै यसपटक देशभरको चुनावी परिणाम पुराना दलहरू, विशेषगरी एमालेका लागि प्रतिकूल आएको र रास्वपा बहुमततर्फ अघि बढेको बताएका छन्। उनले विजयी भएका सबै उम्मेदवारलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्।
बस्नेतले लोकतान्त्रिक प्रक्रियामा हार–जित स्वाभाविक रहेको र एकपटकको पराजय अन्तिम सत्य नभई भविष्यको सफलताका लागि पाठशाला हुने बताएका छन्। उनले विश्व राजनीतिका उदाहरण दिँदै विभिन्न देशका दलहरूले पराजयपछि आत्मसमीक्षा, नीतिगत सुधार र नयाँ नेतृत्वमार्फत पुनः जनताको विश्वास जितेको बताएका छन्।
राष्ट्रियता, लोकतन्त्र र समृद्धिको यात्रामा एमाले जनसेवाका लागि सधैँ दृढतापूर्वक अघि बढ्ने र आत्मसमीक्षा, संगठन सुदृढीकरण र जनताप्रति इमानदार प्रतिबद्धतामार्फत पुनः राजनीतिक विरासतमा फकिर्ने विश्वास व्यक्ति गरेका छन्।















