सञ्चार मन्त्रालयले गर्यो यी पदमा दरखास्त आह्वान
थानकोट ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्ष र सदस्य तथा सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशक पदका निम्ति दरखास्त आह्वान गरेको छ । शनिबार (वैशाख २६) गोरखापत्र दैनिकमा दरखास्त आह्वानसम्बन्धी सूचना प्रकाशन गरिएको हो ।
प्राधिकरणको एक अध्यक्ष पदका निम्ति दरखास्त आह्वान गरिएको छ । प्राधिकरणका चार सदस्य पदका निम्ति पनि निवेदन माग गरिएको छ । इच्छुक योग्य व्यक्तिहरूलाई आउँदो जेठ ५ गतेभित्र निवेदन पेस गर्न भनिएको छ ।
उक्त पदका निम्ति न्यूनतम योग्यता, दरखास्त फारामलगायत विस्तृत जानकारी मन्त्रालयको वेबसाइटमा उपलब्ध छ ।
यस्तै, सुरक्षण मुद्रण केन्द्रको एक कार्यकारी निर्देशक पदमा दरखास्त आह्वान गरिएको छ । यो पदका निम्ति पनि जेठ ५ गतेभित्र निवेदन पेस गर्न भनिएको छ ।
यसबारे विस्तृत विवरण मन्त्रालयको वेबसाइटमा उपलब्ध रहेको जनाइएको छ ।
सूचना हेराैंः











