नागढुङ्गा र मसिनेबाट ३ जना युवा पक्राउ
थानकोट ।
चन्द्रागिरि नगरपालिका-२ नागढुङ्गाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ ग्राम ८ सय ४० मिलिग्रामसहित एक जना युवा पक्राउ परेका छन् ।
केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार उदयपुर उदयपुरगढी गाउँपालिका-८ बस्ने २९ वर्षीय सुबास विकलाई बुधबार बिहान प्रहरीले उक्त पदार्थसहित पक्राउ गरेको हो ।
लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नागढुङ्गा समेतबाट खटिएको प्रहरीले उदयपुर गाईघाटबाट काठमाडौंतर्फ आउँदै गरेको प्र.०१-०२-००२ ख १४१० नम्बरको बसमा सवार उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।
चन्द्रागिरि नगरपालिका-२ मसिनेबाट अवैध लागूऔषध गाँजा ८५ ग्रामसहित कैलाली टीकापुर नगरपालिका-३ घर भएका २५ वर्षीय अर्जुन विक समेत २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरीले बा.४८ प ३७४६ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको हो ।
यी दुवै प्रकरणमाथि प्रहरी वृत्त थानकोटबाट थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।









