प्रतिनिधि सभाको बैठक बस्दै
थानकोट ।
संघीय संसद् प्रतिनिधि सभाको बैठक आज बस्दै छ ।
बैठक बिहान ११ बजेका लागि बोलाइएको छ ।
बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले ‘महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन २०८१/२०८२’ पेस गर्नेछिन् ।
‘अख्तियार दुरूपयोग अनुसन्धान आयोगको ३५औँ वार्षिक प्रतिवेदन २०८१/२०८२’ पनि मन्त्री गौतमले पेस गर्नेछिन् ।
बैठकमा ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’लाई प्रस्तुत गर्ने कार्यसूची छ ।
“नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको व्यवस्था जगाउने सम्बन्धी विधेयक, २०८३’माथि विचार गरियोस् भन्ने प्रस्ताव पनि आजकै बैठकमा प्रस्तुत हुने संसद् सचिवालयले जनाएको छ ।









