चन्द्रागिरि नगरका दुर्भल तस्बिरहरूको संग्रह ‘चन्द्रागिरि हिजो र आज’ प्रकाशित
थानकोट ।
चन्द्रागिरि नगरपालिका क्षेत्रका पुराना, दुर्लभ र ऐतिहासिक तस्बिरहरूको संगालो ‘चन्द्रागिरि हिजो र आज’ प्रकाशित भएको छ ।
नेपालका पुराना श्रव्य दृश्य (तस्बिर, चित्र, भिडियो) सामाग्रीहरूको खोज, संकलन, वैज्ञानिक अभिलेखीकरण र प्रदर्शनीमा डेढ दशकदेखि सक्रिय जीवन नेपालले खोज एवं संग्रह गरेका तस्बिरहरू उक्त संगालोका रूपमा हालै प्रकाशित भएको हो ।
नेपाल फोटो फाउण्डेशन, फोटो म्युजियम नेपाल, थानकोट टाइम्स लगायतका संघसंस्थाहरूको सहकार्यमा सो पुस्तक प्रकाशित भएको प्रकाशकको भनाइ छ ।
पुस्तकमा १६० भन्दा धेरै तस्बिरहरू संग्रहित छन् । जसमध्ये ४५ तस्बिरहरू तुलनात्मक रूपमा प्रस्तुत गरिएको छ ।
पुस्तकमा वि.संं १९०१ सालदेखी २०५० काे दशकसम्म नगर क्षेत्रमा खिचिएका तस्बिर तथा कोरिएका चित्रहरू समावेश भएका छन् ।
चन्द्रागिरि नगरपालिकाको स्थानीय इतिहास, कला, संस्कृति र सामाजिक जीवनलाई जीवन्त रूपमा प्रस्तुत गरिएको यो कृति खोज-अन्वेषक, विभिन्न तहमा अध्ययनरत विद्यार्थी, नगर क्षेत्रको समग्र वस्तुस्थितिप्रति चासो राख्नेहरूका आफ्नो क्षेत्रको विगत बुझ्न, वर्तमानसँग जोड्न र भविष्यमा अध्ययन-अनुसन्धान गर्नका लागि एक उत्कृष्ट सन्दर्भ सामग्री हुने प्रकाशकको विश्वास छ ।
चन्द्रागिरि नगर क्षेत्रका पुराना र दुर्लभ तस्बिरहरू समावेश भइ प्रकाशित भएको यो हालसम्मको पहिलो पुस्तक भएको जानकारहरूको भनाइ छ ।
पुस्तकको संक्षिप्त विवरण
नामः चन्द्रागिरि हिजो र आज
लिपिः देवनागरि
गाताः ज्याकेट, प्लास्टिक र्यापिङ
पृष्ठ संख्याः १६४
आकारः ए-फोर
प्रकाशित रंगः सीएमवाइके










