थानकोट गोदामचोकमा २०८३ मंसिरभित्रै प्रसूति तथा स्त्री रोग अस्पताल शिलान्यास हुने, लागत ७३ करोड

Thankot Times

थानकोट ।

जर्मन विकास बैंक (केएफडब्लु)को सहायतामा चन्द्रागिरि नगरपालिका- ०४ थानकोट गोदाम चाैरनजिक निर्माण हुन लागेको प्रसूति तथा स्त्री रोग अस्पताल भवनको शिलान्यास मंसिरमसान्तभित्र हुने भएको छ ।

चन्द्रागिरि नगरका मेयर घनश्याम गिरीले यस बारेमा शुक्रबार साँझ सामाजिक सञ्जालमार्फत जानकारी दिएका हुन् ।

थापाथलीस्थित परोपकार प्रसुति तथा स्त्री रोग अस्पताल मातहत टेण्डर भइ निर्माणकर्ता समेत चयन भइसकेको मेयर गिरीको भनाइ छ ।

चन्द्रागिरि नगरपालिका र ललितपुरको महालक्ष्मी नगरपालिकामा समान प्रकृतिका २५-२५ शय्याको अस्पताल निर्माणका लागि आठ महिनाअघि बोलपत्र आह्वान भएको थियो । करिब १ अर्ब लागत इस्टमेट भएको अस्पताल निर्माणका लागि करिब ७३ करोड रुपैयाँको बोलपत्र स्वीकृत भएको मेयर घनश्याम गिरीले सामाजिक सञ्जालमार्फत जानकरारी दिएका हुन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *