चेकपोष्टबाट पटकासहित समातिए २१ वर्षीय युवा
थानकोट ।
चन्द्रागिरिमा पटकासहित एक जना पक्राउ परेका छन् ।
प्रहरीका अनुसार चन्द्रागिरि नगरपालिका वडा नं. ६ छापाली चोकबाट करिब १ लाख ५० हजार रूपैयाँ बराबरको विभिन्न किसिमका पटकासहित सोही ठाउँ बस्ने २१ वर्षीय युवालाई प्रहरीले गत बुधबार दिउँसो पक्राउ गरेको हो ।
नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार, प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरीले उनलाई उक्त पटकाहरू सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।











