सुनको भाउ तोलामा ११ हजार ६०० रुपैयाँले घट्यो

Thankot Times

थानकोट ।

१ साताको दसैं बिदापछि खुलेको बजारमा सुनको मूल्य ११ हजार ६०० रुपैयाँले घटेको छ ।

दसैँपछि आइतबार खुलेको बजारमा सुनको मूल्य ११ हजार ६०० रुपैयाँले घट्दै २ लाख ७८ हजार ५०० रुपैयाँमा झरेको हो ।

अघिल्लो साता अर्थात् ११ असोज शनिबारका दिन सुन प्रतितोला २ लाख ९० हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, चाँदीको मूल्य पनि आज तोलामा १९५ रुपैयाँले घट्दै ३ हजार ९५५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

अघिल्लो साताको शनिबार चाँदी ४ हजार १५० रुपैयाँमा कारोबार भएको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *