नेपालमा पेट्रोलियम पदार्थको मूल्य यथावत
थानकोट ।
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राखेको जानकारी दिएको छ ।
इन्डियन आयल कर्पोरेशनबाट नयाँ खरिद मूल्य प्राप्त भए पनि आसन्न चाडपर्व तथा आम उपभोक्ताको हितलाई मध्यनजर गरी निगम सञ्चालक समितले साबिकको खुद्रा बिक्री मूल्यलाई नै यथावत् राख्ने निर्णय गरेको जानकारी दिइएको छ ।














