छैमलेमा ट्रक दुर्घटना, २ जना गम्भीर घाइते

Thankot Times

थानकोट ।

दक्षिणकाली नगरपालिका-८ छैमलेस्थित शीतलचोकमा ट्रक दुर्घटना दुई जना सख्त घाइते भएका छन् । शुक्रबार बेलुकी करिब ८ बजे  बा.प्र.-०१-००४ क ०६३२ नम्बरको ट्रक दुर्घटना हुँदा २ जना घाइते भएको प्रहरीले जनाएको छ ।

फर्पिङबाट सिस्नेरी जाँदै गरेको ट्रक आफैं अनियन्त्रित भई दुर्घटना भएको बताइएको छ। घाइते भएका दुवै जनाको उद्धार गरि मनमोहन अस्पताल फर्पिङमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।

उनीहरू दुवै जनाको पहिचान नभएको प्रहरीको भनाइ छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ