सुनचाँदीको भाउ बढ्यो

Thankot Times

थानकोट ।

नेपालमा बिहीबार सुन तथा चाँदीको भाउमा वृद्धि भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको प्रतितोला ७ सय रुपैयाँले बढेर छापावाला सुन १ लाख ६ हजार ९ सय रूपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ६ हजार ४ सय रुपैयाँ कायम भएको छ ।

अघिल्लो दिन छापावाल सुन प्रतितोला १ लाख ६ हजार २ सय रूपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ५ हजार ७ सय रूपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको भाउ प्रतितोला १५ रुपैयाँले बढेर १३ सय ८० रूपैयाँ कायम भएको छ।

अघिल्लो दिन पनि चाँदीको भाउ प्रतितोला १३ सय ६५ रूपैयाँमा कारोबार भएको थियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *