२३ माघदेखि चिनियाँले विदेश घुम्न पाउने, भ्रमण गर्न पाउने देशको सूचीमा छैन नेपाल

Thankot Times

थानकोट । 

कोरोना भाइरसको महामारीपछि पहिलो पटक चीनले आउटबाउण्ड टूरिजम खुला गर्दैछ ।

६ फेब्रअुरी (२३ माघ)बाट विदेश घुम्न पाउने चिनियाँ नागरिकले भ्रमण गर्न पाउने देशको सूचीमा नेपाल भने छैन् ।

चीनको संस्कृति तथा पर्यटन मन्त्रालयले २० जनवरीमा एक सूचना प्रकाशित गर्दै निकालेको चिनियाँ नागरिकहरु आउटबाउण्ड टूरिजममा जान पाउने देशको सूचीमा नेपाल समावेश छैन् ।

चीनले आफ्नो नागरिकलाई थाइल्याण्ड, इण्डोनेसिया, कम्बोडिया, माल्दिभ्स, श्रीलंका, फिलिपिन्स, मलेसिया, सिंगापुर, लाओस, यूएई, इजिप्ट, केन्या, दक्षिण अफ्रिका, रुस, स्वीट्जरल्याण्ड, हंगेरी, न्यूजील्याण्ड, फिजी, क्युबा र अर्जेण्टिनामा मात्र जान अनुमति दिएको छ ।

चीनले सिमित मुलुकलाई आउटबाउण्ड टूरिजमका लागि खुला गर्दा नेपाललाई रोक्नु चाहीं नेपाली पर्यटन व्यवसायका लागि अर्को दुर्भाग्य हुने सरोकारवालाको भनाइ छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *