सुनको मूल्य तोलामा १ हजार १ सय रूपैयाँ घट्यो

Thankot Times

थानकोट ।

नेपाली बजारमा आज सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ ।

आज छापावाला सुन तोलामा ११ सय रुपैयाँले घटेर प्रति तोला १ लाख ५ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार आज तेजावी सुन प्रति तोला १ लाख ५ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । साथै आज चाँदी हिजोकै मूल्य १ हजार ३८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *