काठमाडाैं उपत्यका मेयर्स फोरमको महासचिवमा चन्द्रागिरि नगरका मेयर घनश्याम गिरी

Thankot Times

थानकोट । 

काठमाडाैं उपत्यकका मेयर्स फोरमको अध्यक्षमा ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन चुनिनुभएको छ।

शुक्रबार चन्द्रागिरि हिल्समा सम्पन्न सो फोरमको २ दिवसीय बैठकले महासचिवमा चन्द्रागिरि नगरपालिकाका मेयर घनश्याम गिरीलाई चयन गरेको छ । 

यसैगरी फोरमको उपाध्यक्षमा सूर्यविनायक नगरपालिकाका मेयर वासुदेव थापा चुनिनुभएको चन्द्रागिरि नगरपालिकाका प्रवक्ता कृष्णप्रसाद खड्गीले जानकारी दिनुभयो । 

यस्तै, सचिवमा टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारी एवं कोषाध्यक्षमा तारकेश्वर नगरपालिकाका मेयर कृष्णहरि महर्जन चुनिनभएको छ । काठमाडाैं उपत्यकका मेयर्स फोरमको सहसचिवमा मध्यपुर थिमी नगरपालिकाका मेयर सुरेन्द्र श्रेष्ठ चुनिनुभएको छ । काठमाडाैं उपत्यकाका अन्य नगरपालिकाका मेयर तथा उपमेयरहरू सो फोरमको सदस्यका रूपमा रहनुभएको छ । 

काठमाडाैं उपत्यकाका नगरपालिकाका मेयर तथा उपमेयरहरूको संयुक्त बैठकले नयाँ मेयर्स फोरम गठनसँगै राजधानी भित्रने प्रमुख सडक मार्ग चन्द्रागिरि नगरपालिका-२ नागढुङ्गास्थित त्रिभुवन राजपथमा अटोमेटिक भेहिकल डिटेक्शन एण्ड मोनिटरिङ सिस्टम जडान गर्ने प्रकृया सुरू गर्ने निर्णय समेत गरेको छ । 

सो बैठकमा काठमाडाैं, ललितपुर भक्तपुर जिल्लाका महानगर तथा नगरपालिकाका अधिकांश मेयर तथा उपमेयरहरूको सहभागिता रहेको थियो ।

काठमाडाैं जिल्लामा एक महानगरपालिका सहित ११ वटा नगरपालिका, भक्तपुर जिल्लामा ४ वटा नगरपालिका तथा ललितपुर जिल्लामा ललितपुर महानगर सहित ३ नगरपालिका तथा ३ गाउँपालिका रहेका छन् । 

काठमाडाैं उपत्यकाका स्थानीय तह (पालिका)बीचमा सहकार्य गर्न उपत्यका मेयर फोरमको गठन भएको हो ।  २०७४ को स्थानीय तह निर्वाचनपछि उपत्यका मेयर फोरममा काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य अध्यक्ष, उपाध्यक्षमा ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन तथा सचिवमा मध्यपुर थिमी नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठ चुनिनुभएको थियो ।  

पहिलो स्थानीय तहको निर्वाचनपछि गठन भएको यो संस्थाको बैठक पनि पहिलोपटक चन्द्रागिरिमा बसेको थियो । 

यसअघि बिहीबार चन्द्रागिरि नगरपालिका-४ थानकोटस्थित चन्द्रागिरि केबलकारको बटम स्टेशनमा चन्द्रागिरि नगरपालिकाका मेयर घनश्याम गिरी, उपमेयर बसन्ती श्रेष्ठ, नगरप्रवक्ता तथा वडाध्यक्ष कृष्णप्रसाद खड्गी, नगरका विभिन्न विषयगत समितिका संयोजकहरू, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहितका कर्माचारीहरूले आमन्त्रित मेयर तथा उपमेयरहरूको भव्य गर्नुभएको थियो ।

 

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *