चन्द्रागिरिका जनप्रतिनिधिसँग ‘ट्युनिङ’ नमिलेपछि प्रमुख प्रशासकीय मगरले मागेका थिए सरुवा

Thankot Times

थानकोट । 

२०८१ साल चैत्र ११ गतेबाट चन्द्रागिरि नगरको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीमा रहेका सुरेन्द्र थापामगर आदिवासी जनजाति आयोगमा सरुवा भएका छन् ।

उनको स्थानमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले उपसचिव जगदीशचन्द्र नेपालीलाई पठाएको छ ।

मन्त्रालय स्रोतका अनुसार आन्तरिक समस्याका कारण तीन महिनादेखि प्रमुख प्रशासकीय अधिकृत थापामगरले प्रभावकारी रूपमा काम गर्न नसकिरहेको अवस्थामा सरुवा गरिएको हो।

जनप्रतिनिधिसँग समन्वय नमिलेपछि थापा मगर स्वयं सरुवाको पहलमा रहेको र त्यसअनुसार मिलाइएको प्रशासनमा खबर छ ।

नयाँ साल लागेसँगै चन्द्रागिरि नगरमा नयाँ प्रमुख प्रशासकीय अधिकृत, मन्त्रालयले पठायो नाम


Leave a Reply

Your email address will not be published. Required fields are marked *