एसइइका विद्यार्थीलाई सहुलियत दरमा कम्प्युटर सिप तालिम सिकाउँदै चन्द्रागिरि एजुकेशन हब

Thankot Times

थानकोट ।

माध्यमिक तह परीक्षा (एसइइ) दिएर बसेका विद्यार्थीहरुलाई लक्षित गरि चन्द्रागिरि एजुकेशन हबले सहुलियत दरमा कम्प्युटर तालिम संचालनमा ल्याएको छ ।

चन्द्रागिरि नगरपालिका ११ सतुगंल चोकमा अवस्थित सो एजुकेशन हबले माध्यमिक तह परीक्षा दिएर बसेका विद्यार्थीहरुलाई भविष्यमा जागिर तथा अध्ययनमा समेत सहयोगी सिद्ध हुने गरी अपडेटेड कोर्समा तालिम गराउने चन्द्रागिरि एजुकेशन हबका प्रवन्ध निर्देशक कृष्ण पराजुलीले बताउनु भयो ।
एसइइ को परीक्षा सकिए लगत्तै विद्यार्थीहरु नतिजा नआएसम्म आफ्नो सिप विकास तथा विभिन्न तालिममा सहभागी हुने गर्दछन् । यसै समयको सदुपयोगमा कम्प्युटरको विभिन्न तालिमहरु लिई विद्यार्थीहरुले रोजगारीको समेत अवसर प्राप्त गर्न सक्नेछन् ।

कक्षा ११ को अध्ययनसंगै रोजगारसमेत गर्न चाहने विद्यार्थीहरुलाई एजुकेशन हबले सहयोग गर्ने हबका संचालकले प्रतिवद्धता व्यक्त गरेका छन् ।
गुणस्तरीय तालिम, प्रविधिको विकास संगै आधुनिक कोर्स कन्टेन र विभिन्न अतिरिक्त क्रियाकलाप समेत संचालन हुने भएकोले चन्द्रागिरि एजुकेशन हब विद्यार्थीहरुको रोजाई बन्न सक्दछ । कम्प्युटर सम्बन्धी विभिन्न तालिम, तथा कोरियन र जापानिज भाषाको तालिम संचालन गर्दै आएको एजुकेशन हबले आर्थिक अवस्था कमजोर भएका केही विद्यार्थीलाई निःशुल्क तालिम गराउँदै आएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *