कलंकी-नागढुङ्गा सडक खण्डको दायाँबायाँ टाँगिएका सबै होर्डिङ हटाउन सडक डिभिजनको निर्देशन

Thankot Times

थानकोट ।

कलंकी-नागढुङ्गा सडक खण्डको दायाँ-बायाँ टाँगिएका सबै होर्डिङ हटाउन सडक डिभिजन कार्यालय काठमाडाैंले निर्देशन दिएको छ ।

चन्द्रागिरि नगरपालिकाले बुधबार साँझ एक सूचना जारी गर्दै सो सडक क्षेत्रमा जुनसुकै बाहानामा जो कोहीले राखेका सबै होर्डिङ बोर्ड हटाउन संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय, काठमाडाैं सडक डिभिजन कार्यालयबाट पत्र प्राप्त भएको जनाउँदै सो जानकारी दिएको हो ।

साथै, ती होर्डिङ बोर्ड सात दिन भित्र नहटाइए नगरपालिकाले आफैं हटाउने र ती सामाग्री जफत गरिने समेत सूचनामा उल्लेख छ ।

सूचना हेराैं


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ