चन्द्रागिरि नगरपालिकामा आजबाट राष्ट्रिय परिचयपत्रको विवरण दर्ता बन्द
थानकोट ।
चन्द्रागिरि नगरपालिकामा राष्ट्रिय परिचयपत्रको विवरण दर्ता बन्द हुने भएको छ।
नगरपालिकाले हिजो बुधबार जारी गरेको सूचना अनुसार आजबाट बन्दराष्ट्रिय परिचयपत्रको विवरण दर्ता बन्द गरिएको हो ।
नगरपालिकाले २०७८ फागुन २९ गतेबाट प्रशासकीय भवनबाट राष्ट्रिय परिचयपत्रको विवरण दर्ता सुरू गरेको थियो ।














