मर्मत कार्यका लागि थानकोट-चित्लाङ सडक बेलुकी ८ बजेबाट बिहान ६ बजेसम्म बन्द गरिने
थानकोट ।
बढ्दो सवारी चापका कारण जीर्ण बनेको गणेशमान सिंह मार्ग (थानकोट-चित्लाङ सडक) भोलि बैशाख २१ गतेदेखी बेलुकी ८ बजेबाट भोलिपल्ट बिहान ६ बजेसम्मका लागि बन्द गरिने भएको छ ।
सो सडक खण्डको पानीघाट-ठुलोचौर तल्लो मोडसम्म खाल्डाखुल्डी पुर्ने, नाली सफा गर्ने र ठाँउठाउँमा ब्रेकर समेत प्रयोग गरी मर्मत गर्न भोलिबाट अर्को सुचना नभएसम्म राती ८ वजे देखि विहान ६ वजेसम्म सम्पुर्ण सवारी आवागमन बन्द रहने सो सडक सरोकार समाजले जनाएको छ।
काठमाडाैंबाट हेटाैडा पुग्ने अन्य सडक मर्मतका लागि बन्द गरिँदा यस सडकमा सवारी चाप बढ्दो छ ।













