बालकुमारी घटनामा प्रहरीले नियन्त्रणमा लिएको सबैलाई छोड्यो

Thankot Times

थानकोट ।

बालकुमारी घटनामा प्रहरीले नियन्त्रणमा लिएको सबैलाई छाडेको छ।

प्रहरीको केन्द्रीय प्रवक्ता डिआइजी कुबेर कडायतले शुक्रबारको प्रदर्शनबाट प्रहरीले नियन्त्रणमा लिएका सबैलाई छाडिएको जानकारी दिए।

शुक्रबार इपिएस भाषा परीक्षाको विवादमा चर्किएको प्रदर्शनबाट प्रहरीले ७३ जनालाई नियन्त्रणमा लिएको थियो।

शनिबार साँझसम्म सबैलाई छाडिएको डिआइजी कडायतले जानकारी दिए।

घटनामा दुई जनाको मृत्यु भएको थियो।

मृत्यु हुनेमा २३ वर्षीय सुजन रावत र २२ वर्षीय वीरेन्द्र साह छन्। उनीहरूको परिवारलाई सरकारले १०/१० लाख दिने निर्णय गरेको छ।

घटनापछि सरकारले त्यतिबेला गोली चलाउन आदेश दिने डिएसपी उमेश लम्सालसहित भौतिक पूर्वाधार मन्त्री प्रकाश ज्वालका पिएसओलाई निलम्बन गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *