काठमाडौंमा मध्यरातमा झगडा, एकजनाको मृत्यु

Thankot Times

थानकोट ।

काठमाडौंको माछापोखरी चोकमा आपसी विवादका क्रममा झगडा हुँदा एकजनाको मृत्यु भएको छ ।

शुक्रबार (असोज ३०) मध्यराति करिब ००ः१२ बजे सडकमा हिँडिरहेका बेला त्यहाँ दुई युवकबीच झगडा भएको हो ।

काठमाडौंको बल्खुमा बस्दै आएका कञ्चनपुरको कृष्णपुर नगरपालिका–७ का २० वर्षीय अर्जुन ताम्राकार र नुवाकोटको पञ्चकन्या गाउँपालिका–४ घर भई तारकेश्वर नगरपालिका–९, मनमैजुमा बस्दै आएका २० वर्षीय सुवास तामाङबीच झगडा भएको प्रहरीले जनाएको छ ।

झगडाका क्रममा तामाङ लडेर अचेत अवस्थामा फेला परेका थिए । उनलाई तत्काल उपचारका निम्ति बालाजुस्थित सिल्भरलाइन अस्पताल लगिएको थियो । उपचारका क्रममा शनिबार (असोज ३१) दिउँसो १३ः३० बजे उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनापछि प्रहरी वृत्त बालाजुबाट खटिएको टोलीले कुटपिटमा संलग्न ताम्राकारलाई नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ