नेपाल टेलिकमको निमित्त प्रबन्ध निर्देशकमा संगीता पहाडी नियुक्त

Thankot Times

थानकोट।

नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को निमित्त प्रबन्ध निर्देशकमा कम्पनीका नायब प्रबन्ध निर्देशक संगीता पहाडी अर्याल नियुक्त भएकी छन् ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सोमबार अर्को व्यवस्था नभएसम्मका लागि पहाडीलाई नेपाल टेलिकमको निमित्त प्रबन्ध निर्देशक भई कामकाज गर्न तोकेको हो ।

कम्पनीको नायब प्रबन्ध निर्देशकको रुपमा प्रमुख प्राविधिक अधिकृतको कार्यभार सम्हाल्दै आएकी पहाडीले आजदेखि निमित्त प्रबन्ध निर्देशकको जिम्मेवारी सम्हलेकी हुन् ।

नवनियुक्त निमित्त प्रबन्ध निर्देशक पहाडीले भारतको अलाहावाद युनिभर्सिटीबाट बीई र थाइल्यान्डको एसियन इन्स्टिच्युट अफ टेक्नोलोजीबाट एमई गरेकी छन् ।
आज पदभार ग्रहण गर्दै पहाडीले सबैको सहयोगको अपेक्षासहित कम्पनीको उत्तरोत्तर प्रगतिका लागि अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरेकी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *