जापानमा ३७९ जना सवार विमान अर्को विमानसँग ठोक्किँदा भीषण आगलागी, पाँच जनाको अवस्था

Thankot Times

थानकोट । 

जापानको राजधानी टोकियोको हानेदा विमानस्थलमा अवतरणका क्रममा जापान एयरलाइन्सको यात्रुवाहक विमान कोस्ट गार्डको विमानसँग ठोक्किँदा भीषण आगलागी भएको छ।

एनएचके र रोयटर्स समाचारसंस्थाले जापान एअरलाइन्सलाई उद्धृत गर्दै विमानमा सवार सबै ३७९ यात्रुको उद्धार गरिएको जनाएका छन्।

जापानी प्रसारक टीबीएस र एनएचकेका अनुसार ठोक्किएको ठानिएको तटरक्षक निकायको सानो विमानबाट एक व्यक्ति बाहिर निस्किएका छन् भने त्यसमा सवार अरू पाँच जनाको अवस्था अझै थाहा हुन सकेको छैन्।

विमानस्थलको धावनमार्गमा समेत आगो देखिएको छ।

दुई घण्टा हुँदा पनि जापान एअरलाइन्सको विमान र त्यसको भग्नावशेषमा आगो लागिरहेको थियो ।

घटनापछि उक्त विमानस्थल बन्द गरिएको अधिकारीहरूले बताएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *