पुस २६ गतेका लागि दक्षिणकाली नगरले डाक्यो नगर सभा
थानकोट ।
दक्षिणकाली नगरपालिकाले पुस २६ गते १२ औं अधिवेशन डाकेको छ ।
शुक्रबार एक सूचना जारी गर्दै नगरले स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा १९ बमोजिम अधिवेशन डाकेको जनाएको छ ।
अधिवेशनका क्रममा चालु आवको वार्षिक बजेट संशोधन, कानून एवं कार्यविधि अनुमोदन, नगर अस्पतालको आय-व्यय लगायतका विषय कार्यसूचीमा राखिएको नगर प्रमुख प्रशासकीय अधिकृत मधु अर्याल खनालले बताइन् ।














