ललितपुरको प्रजिअमा तुल्सीबहादुर श्रेष्ठ, प्रहरी प्रमुखमा शेखर खनाल

Thankot Times

थानकोट । 

ललितपुरको प्रमुख जिल्ला अधिकारीमा तुल्सी बहादुर श्रेष्ठ सरुवा भएका छन् । गृह मन्त्रालयमा कार्यरत सह–सचिव श्रेष्ठलाई उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले ललितपुरमा सरुवा गरेका हुन् । 

बालकुमारी घटनापछि त्यहाँ कार्यरत प्रमुख जिल्ला अधिकारी रुद्र प्रसाद पण्डित मन्त्रालयमा तानिएपछि रिक्त स्थानमा श्रेष्ठ सरुवा भएका हुन् । 

यसैगरी ललितपुरको प्रहरी प्रमुखमा शेखर खनाल सरुवा भएका छन् ।

खनाललाई ललितपुरमा काज सरुवा गरिएको बताइएको छ ।

बालकुमारीमा सुरक्षाकर्मीको दमनबाट दुई जनाको मृत्यु भएसँगै ललितपुरका प्रजिअ र एसएसपीलाई गृह मन्त्रालयले फिर्ता बोलाउने निर्णय लिएको थियो 

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *