त्रिशूली नदीमा भारतीय गाडी खस्यो, गाडीमा मानिस भेटिएनन

Thankot Times

थानकोट ।

नारायणगढ मुग्लिङ सडकको ३ नम्बर पुलमा मगलबार बिहानै बलेरो त्रिशूली नदीमा खसेको छ ।

मुग्लिनबाट नारायणगढ तर्फ जाँदैगरेको विआर ०९ जिसी१४३० नम्बरको बलेरो विहान करिब ४ः४० मा त्रिशूलीमा खसेको ट्राफिक प्रहरी निरीक्षक सुरेश सुवेदीले जानकारी दिनुभयो । 

सिङ्गल क्याबिन भएको बलेरो भए पनि त्यसमा मानिस नभेटिएको उहाँले जनाउनुभयो । त्रिशूली नदी भित्र पानीमा गाडीको लाइट बलेको खबर प्रहरीलाई आएपछि  प्रहरीले गोताखोर लगाएर पानी भित्र गाडीको पहिचान गरेको बताइएको छ । 

इच्छाकामना  ५ मुग्लिङ नारायणगढ सडक खण्डको तिन नम्बर पुल नजिक सडकबाट ८०र८५ मिटर तल त्रिशूली नदीमा बलेरो खसेको हो । नारायणगढमा बसेको बिपद व्यवस्थापनको डुङ्गा सहितको टोली र सशस्त्र बिपद व्यवस्थापन तालिम शिक्षालय कुरिन्टार र नेपाल प्रहरीको टोली अहिले घटना स्थलमा खोजी कार्य जारी राखेको छ ।

तस्बिरः विनोद श्रेष्ठ


Leave a Reply

Your email address will not be published. Required fields are marked *