सुप्रसिद्ध गायक तथा संगितकार याेगेश वैद्यकाे निधन

Thankot Times

थानकोट ।

वरिष्ठ गायक तथा संगीतकार योगेश वैद्यको निधन भएको छ । 

बिहिवार राति १२ः३० बजे उनको निधन भएको परिवारिक स्रोतले बतायो । 

७७ वर्षीय गायक वैद्यले गाउनुभएका ‘नेपाल मेरो उपहार भो’,‘सपना भुलाइ सारा आँशु लिएर जाऊ’, जस्ता गीत निकै लोकप्रिय छन् ।

उनका  दुई छोरी र एक छोरा छन् ।

बिहीबार दिउँसो बान्ता भएर बेहोस भए पनि यस्तो समस्या पहिले पनि देखिएकाले ठीक हुने आशा परिवारले गरेको तर पछि श्वास फेर्न गार्‍हो भएपछि काठमाडौं भ्याली अस्पताल लगिएकोमा उपचारका क्रममा राति १२ः३० बजे उनको निधन भएको हो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *