आजदेखि काठमाडाैंको न्युरोड क्षेत्रको सडकमा पार्किङ निषेध

Thankot Times

थानकोट ।

काठमाडौं महानगरपालिकाले मङ्गलबारदेखि न्युरोड क्षेत्रको कालोपत्र सडकमा सवारी पार्किङमा रोक लगाउने भएको छ ।

महानगरले काठमाडौँ टावरमा निःशुल्क पार्किङ सुविधा उपलब्ध गराउने भन्दै न्युरोड क्षेत्रमा पार्किङ गर्न नपाइने जनाएको हो ।

महानगर प्रहरी बलका प्रमुख नगर प्रहरी वरिष्ठ उपरीक्षक राजुनाथ पाण्डेले विकल्पमा काठमाडौं टावरमा तीन सयवटा चार पाङ्ग्रे र सात सय वटा दुई पाङ्ग्रे सवारी साधन पार्किङ गर्न सकिने जानकारी दिए।

महानगर प्रहरी प्रमुख पाण्डेले भोलिदेखि पार्किङ निषेध गरेर ती ठाउँमा विशेष सरसफाइ गर्ने योजना बनाएको जानकारी दिए । 

उनले सोमबार भने, ‘भोलिदेखि पार्किङ निषेध गरेर ती ठाउँमा विशेष सरसफाइ गर्ने योजना बनाएका छौँ ।

यसले सवारी आवागमनमा सहज बनाउने अपेक्षा गरेका छौँ ।’

उनले धर्मपथ, जुद्ध सालिकदेखि इन्द्रचोकतर्फको सडक खण्ड, खिचापोखरी, महाबौद्ध, वीरअस्पताल वरपरको कालोपत्र सडकमा पार्किङ निषेध गरिने बताए । यसअघि झोँछे क्षेत्रमा सवारी पार्किङ निषेध कार्यान्वयन गरिसकिएको छ । 


Leave a Reply

Your email address will not be published. Required fields are marked *