लोककल्याणकारी विज्ञापनको रकम दोब्बर गर्न सरकारलाई प्रेस काउन्सिलको सुझाव
थानकोट ।
प्रेस काउन्सिलले पत्रपत्रिका प्रकाशन गरेबापत पाउँदै आएको लोककल्याणकारी विज्ञापनको रकम दोब्बर गर्न सरकारलाई सुझाव दिएको छ । हालै बसेको बोर्ड बैठकबाट लोककल्याणकारी विज्ञापनबापतको रकम लामो समयसम्म वृद्धि नभएको र टिकाइरहन कठिनाइ भएको भन्दै रकम दोब्बर गर्न सुझाव दिने निर्णय गरेको हो ।
काउन्सिलका वरिष्ठ प्रशासकीय अधिकृत दीपक खनालले मंगलबार जारी गरेको विज्ञप्तिमा छापामाध्यमलाई टिकाइराख्न समस्या आइरहेको सन्दर्भमा प्रादेशिक र स्थानीय निकायका विज्ञापन/सूचना तत्–तत् स्थानका पत्रपत्रिकाले नपाएको विषयमा समेत काउन्सिलको गम्भीर ध्यानाकर्षण भएको उल्लेख छ ।
काउन्सिलको सुझाव हेराैंः














