चन्द्रागिरि-कुलेखानी सडक क्षेत्रमा माघमै फुल्यो लालीगुराँस

Thankot Times

थानकोट ।

मकवानपुरको पहाडी भेगमा ढकमक्क लालीगुराँस फुलेका छन् । मकवानपुरको पहाडी क्षेत्रमा पर्ने पर्यटकीय नगरी थाहा नगरपालिकाको दामन, कैलाश, भीमफेदी, इन्द्रसरोबर गाउँपालिका क्षेत्रमा ढकमक्क लाली गुराँस फुलेका हुन् ।

विगतका वर्षमा फागुनमा फुल्ने राष्ट्रिय फूल लालिगुँरास यस वर्ष माघमै फुलेको हो । विगतका वर्षहरूमा फागुनको अन्तिम सातादेखि फुल्न सुरु गर्ने र चैतसम्म रहने गरेको थियो । यस वर्ष भने पुसबाटै लाली गुराँस फुलेको र माघमा अस्ताउन थालेको हो ।

लाली गुराँस फुलेसँगै दामन–सिमभञ्ज्याङ घुम्न आउने पर्यटकहरूका लागि थप आकर्षणको केन्द्र बनेको छ । हेटौँडाबाट काठमाडौँको यात्राका क्रममा त्रिभुवन राजपथ र हेटौँडा कुलेखानी फाखेल तथा हेटौँडा कुलेखानी चन्द्रागिरि सडकको यात्रा गर्नेहरूलाई ढकमक्क फुलेको लाली गुराँसले स्वागत गरिरहेको छ ।

समुद्री सतहदेखि १ हजार ४०० मिटर उचाइदेखि १ हजार ५५० मिटर उचाइका जंगलमा लालीगुराँस फुल्न थालेको अनुमान गरिएको छ । 

तस्बिरः गणेश विष्ट


Leave a Reply

Your email address will not be published. Required fields are marked *