चन्द्रागिरि डाँडामा लगातार आतशबाजी भएपछि.. (भिडिओ)
थानकोट ।
शनिबार साँझ करिब ६ः१५ बजे चन्द्रागिरि नगर क्षेत्रमा लगातार ड्वाङ-ड्वाङको आवाजले धेरैको ध्यान खिच्यो ।
स्रोतका अनुसार भारतीय मुलका नागरिकको चन्द्रागिरि हिल्स रिसोर्टमा शनिबार बिहानैदेखि विवाह समारोह भइरहेको छ ।
सोही क्रममा साँझ चन्द्रागिरि डाँडास्थित चन्द्रागिरि हिल्स रिसोर्टमा आतशबाजी भएको हो ।
ड्वाङ-ड्वाङको आवाजले थानकोट क्षेत्रमा केहिबेर हो-हल्ला भएको सुनिन्थ्यो ।
चन्द्रागिरि हिल्स रिसोर्टको आधिकारिक फेसबुक पेजमा समेत सो भिडिओ अपलोड भएको छ तर उक्त भिडिओ पोष्टमा फेसबुक प्रयोगकर्ताहरूले ८ हजार फिट माथिको आकाशमा आतशबाजीका गतिविधि देखाइनु कतिको जायज छ लगायतका प्रतिक्रिया दिएपछि उक्त भिडिओ पोष्ट अहिले चन्द्रागिरि हिल्सको फेसबुक पेजबाट हटाइएको छ।
चन्द्रागिरि नगर वरपरका कैंयन फेसबुक प्रयोगकर्ताहरूले सो आतशबाजी मोबाइलमा कैद गरेको बताएका छन् ।
भिडिओ स्रोतः कृष्णहरि बस्नेत











Nepali le tihar jasto chad parwa ma aatashbaji garna napaaune. Bharatiye haru le jahile Pani paaune. Yo Bharatiye lai Sarkar le nai chhut diyeko ho ki?
याे ज्याजदी हाे भारतकाे
Nepali le chai laxmi puja ma yeto gaarna na pauni aaru le j garda ni huni.