मेयर बालेनले फेसबुकमा निकाले ‘बोर्ड हराएको सूचना’ !

Thankot Times

थानकोट ।

काठमाडाैं महानगरका मेयर बालेन शाहले चक्रपथ विस्तारका क्रममा कलंकीदेखि वसुन्धरासम्म राखिएका सूचना बोर्डहरू हराएको भन्दै सामाजिक सञ्जालमा व्यङ्ग्यातमक स्टाटस लेखेका छन् ।

बुधबार बिहान सामाजिक सञ्जाल फेसबुकमा मेयर शाहले जनगुनासोको व्यवस्थापन गर्न तथा उक्त चक्रपथ सुधार आयोजना अस्तव्यस्त भएबाट महानगरवासीलाई पर्न गएको असुविधा समेतलाई सम्बोधन गर्ने उद्देश्यले कलंकी देखि बसुन्धरासम्मका ९ स्थानहरूमा महानगरपालिकाले जनतालाई सु-सूचित गर्ने उद्देश्यले सूचना बोर्ड राखिए पनि अहिले नभएको लेखेका छन् ।

उनले लेखेका छन्ः

२०१५ मा सक्नु पर्ने काम २०२४ लाग्दा समेत सकिएको छैन् । छेउछाउका बासिन्दा, रिंगरोड प्रयोग गर्नेहरू मात्र होइन, त्यहाँबाट उड्ने धुलोले उपत्यका नै प्रताडित छ । स्थानीयले बोले, संघीय सांसदहरू समेतले पटक पटक आवाज उठाए तर कसैको सुनिएको थिएन । कसैको दुख हेरिएको थिएन । काठमाडौँ महानगरपालिका भित्रको भएर हामीले पनि पटक पटक ध्यानाकर्षण गराउने र आफ्नो कार्यक्षेत्रभित्र पर्ने त्योसम्बन्धित कामहरू गरेर सहयोग गर्ने गरेका नै हौँ । तर निर्माण कार्य शंखेकिराको गतिमा रह्यो । त्यहि जानकारी दिन बोर्ड राखेका थियौँ ।
त्यत्रो आवाज नसुन्ने र त्यत्रो दुख नदेख्ने निर्माणकर्ताहरूले ति १० फिट लामो र ५ फिट चौडा भएका बोर्ड चै देखेछन् । समय सकिएको ९ बर्षपछि पनि काम नसक्ने संस्थाले ‘कथित अल्टिमेटमको समय’ सकिने बित्तिकै बोर्ड निकालेर फ्यालेछन् । अनि आफ्नो देशमा १ दिनमा अस्पताल बनाउनेले कुटनैतिक नोट लेखेछ्न ।
यहि नजर बर्षौँदेखि अलपत्र पारेर दुख थपेका र बजेट सकेका आयोजनामा पनि जाउन् । समय सकिने बित्तिकै काम गर्ने जाँगर त्यता पनि चलोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *