कस्तो रहला आज दिनभरको माैसम ?
थानकोट ।
जल तथा मौसम विज्ञान विभागका अनुसार आज पश्चिमी र स्थानीय वायुको प्रभाव रहँदा आज बिहान पहाडी भू-भागमा आंशिक बदली रहेको छ । बाँकी भू-भागमा मौसम मुख्यतया सफा छ ।
दिउँसो कोसी र मधेस प्रदेशलगायत देशको पहाडी भू-भागमा आंशिक बदली रहनेछ । बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ ।
विभागका अनुसार पहाडी भू-भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । देशको उच्च पहाडी तथा हिमाली भू-भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।
विभागका अनुसार राति कोसी र मधेस प्रदेशलगायत देशको पहाडी भू-भागमा आंशिक बदली रहनेछ ।
बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ ।
कोसी र गण्डकी देशका पहाडी भू-भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । कोसी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।










