प्रसिद्ध बिस्काः जात्रामा भैरवको रथ भाँचियो, रथ आंशिक मर्मत गरी पुनः यात्रा गराउने प्रयास जारी
थानकोट ।
सांस्कृतिक उत्सव बिस्का/बिस्केट जात्रा अन्तर्गत भैरवनाथको रथ भाँचिएको छ।
जात्राको पहिलो दिन बुधबार राति सो रथ भाँचिएको हो ।
जात्राको पहिलो दिन न्यातपोल स्थित टौमढी स्क्वायरबाट तान्न सुरु भएको प्यागोडा शैलीको भैरवनाथको रथ भाचिँदा जात्राको तालिका नै प्रभावित भएको छ ।
चैत्र ३० गते सो रथ ल्यासिंखेलमा लिंगो उठाउनु अगाडि पुर्याउनै पर्ने तालिका रहेकोले रथको आंशिक मर्मत सुरु भइसकेको स्थानीयले जानकारी दिए ।










