कलंकी आसपास असिना पानीसहित भीषण वर्षा

Thankot Times

थानकोट ।

काठमाडौंसहित देशका केही स्थानमा बिहीबार दिउँसो वर्षा भएको छ । काठमाडौंकाे कलंकी वरपर भारी वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

कोसी, वाग्मती र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जनसहित हल्का वर्षा भएको महाशाखाका मौसमविद् गोविन्द झाले जानकारी दिए । “सोलुखुम्बु, सिन्धुपाल्चोक, कास्की, म्याग्दीमा हल्का वर्षा भएको छ,” उनले भने ।

काठमाडौंमा आज ‘ठूलो’ हावाहुरीको पनि सम्भावना नरहेको उनले बताए ।

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ