आज यसवर्षको अन्तिम दिन, कस्ताे रहला दिनभरकाे माैसम ?

Thankot Times

थानकोट ।

पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहँदा आज बिहान कोसी प्रदेशलगायत देशको पहाडी भू–भागमा आंशिक बदली रहेको छ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ ।

कोसी, वाग्मती र गण्डकी प्रदेशको पहाडी भू–भागका थोरै स्थान साथै बाँकी पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ ।

काठमाडौंमा पनि आज वर्षा हुनेछ । “काठमाडौंमा बिहान बदली छ । ९/१० बजेपछि घाम लाग्नेछ,” मौसमविद् गोविन्द झाले बाह्रखरीसँग भने, “दिउँसो पनि सामान्य बदली हुनेछ । तर अपराह्नपछि मेघगर्जनसहित क्षणिक वर्षा हुनेछ ।”

विभागका अनुसार राति कोसी र मधेस प्रदेशलगायत देशको पहाडी भू–भागमा आंशिक बदली रहनेछ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ ।

कोसी र गण्डकी प्रदेशको पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । कोसी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ