कलंकीस्थित भाटभटेनी स्टाेर हातामा लागेकाे आगाे नियन्त्रणमा

Thankot Times

थानकोट ।

काठमाडौंको कलंकीस्थित भाटभटेनी स्टाेरमा लागेको आगो पूर्णरूपमा नियन्त्रणमा आएको छ ।

शुक्रबार साँझ भाटभटेनी स्टाेरकाे मुख्य भवन छेउमा रहेको जेनेरेटर कक्षमा आगलागी भएको थियो । सो आगोलाई दुईवटा दमकल प्रयोग गरी नियन्त्रणमा लिइएको हो ।

भाटभटेनीका सीओओ पानु पौडेलका अनुसार अहिले आगो पूर्णरूपमा नियन्त्रणमा आइसकेको छ ।

उनले मुख्य भवनमा नभएर छेउमा रहेको भवनको जेनेरेटर कक्षमा आगलागी भएको जानकारी दिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ