नेपाली सेनाले माग्यो २ हजार ६ सय १५ रिक्त पदमा दरखास्त

Thankot Times

थानकोट ।

नेपाली सेनाले ठूलो संख्यामा पदपूर्तिका लागि आवेदन माग गरेको छ ।

भर्ना छनोट निर्देशनालय जंगी अड्डाले विभिन्न रिक्त पदमा दरखास्त माग गरेको हो । 

सैन्य तथा विभिन्न ट्रेडका फलोअर्स पदहरूमा सार्वजनिक सूचना प्रकाशन गर्दै जंगी अड्डाले २ हजार ६ सय १५ रिक्त पदमा आवेदन मागेको हो । 

नेपाली सेनाको स्वीकृत दरबन्दीभित्र रिक्त रहेका सैन्य तथा विभिन्न ट्रेडका फलोअर्स (ब.का.सि., सुचिकार, सफाईकर्मी, चर्मकर्मी, लोहाकार) पदमा खुला तथा समावेशी प्रतियोगिताद्वारा पदपूर्ति गरिने सूचनामा उल्लेख छ । 

जेठ ५ गतेसम्म आवेदन दिन सकिनेछ ।

दोब्बर दस्तुर तिरेर थप एक हप्ता फारम भर्न सकिनेछ । 


Leave a Reply

Your email address will not be published. Required fields are marked *