चाेभारकाे जंगलमा लागेको आगाे नियन्त्रणमा लिन खटिएको दमकल पल्टियाे

Thankot Times

थानकोट ।

कीर्तिपुर नगरपालिका चोभार गेटनजिकै रहेको सल्लेरी जङ्गलमा शनिबार मध्याह्न भएको आगलागी निभाउन पुगेका काठमाडौं महानगरपालिकाको दमकल दुर्घटनामा परेको छ।

दमकल सडकबाट करिब ५० मिटर तल जङ्गलमा खसेको छ। दुर्गघटनामा दमकलमा सवार चालकसहितका अग्नी नियन्त्रण टोली गम्भीर घााइते भएका छन् ।

उनीहरूको बल्खुस्थित बयोध्या अस्पतालमा उपचार भइरहेको छ। घटनाको बारेमा थप विवरण आउन बाँकी छ।

जंगलमा लागेको आगाे अहिले नियन्त्रणमा आएको प्रत्यक्षदर्शी स्थानीय सञ्चारकर्मी वीरेन्द्र शाक्यले जानकारी दिए ।

तस्बिर: विशाल केसी


Leave a Reply

Your email address will not be published. Required fields are marked *