९ वर्षअघि महिलाको हत्या गर्ने समर समातिए, कारबाहीका लागि कीर्तिपुर प्रहरीको जिम्मा लगाइयो

Thankot Times

थानकोट।

प्रहरीले कर्तव्य ज्यानसम्बन्धी घटनामा ९ वर्षदेखि फरार अभियुक्तलाई पक्राउ गरी सार्वजनिक गरेको छ।

प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालयले आइतबार पत्रकार सम्मेलन गर्दै २०७१ साल कार्तिक १ गते काठमाडौं कीर्तिपरस्थित सेतिदेवीमा एक महिलाको हत्या गरी फरार रहेका म्याग्दी घर भएका समर बहादुर सार्कीलाई पक्राउ गरेर सार्वजनिक गरेको हो।

उनले सेतिदेवी, तौथली कुष्टरोग आरोग्य आश्रमको शौचालयभित्र म्याग्दी कुहु घर भएकी २३ वर्षीया

सुनमाया किसान (सार्की)को हत्या गरेका थिए।

सुनमायाले मोबाइलमा ठूलो स्वरले कुरा गरेको विषयमा विवाद

भएपछि झगडा हुँदा समर बहादुरले हत्या गरेको खुलेको अपराध अनुसन्धान कार्यालयका डिएसपी सुरक्षा केसीले जानकारी दिए ।

समर बैशाख १६ गते काठमाडौंको चाल्नाखेल क्षेत्रबाट पक्राउ परेका हुन् ।

उनलाई कारबाहीको लागी प्रहरी वृत्त कीर्तिपुर पठाइएको अपराध अनुसन्धान कार्यालयले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *