थानकोट-चित्लाङ सडकलाई ३० करोड रूपैयाँ विनियोजन गर्न सांसद् केसीको माग

Thankot Times

थानकोट ।

थानकोट-चित्लाङ सडक (गणेशमान सिंह मार्ग)को स्तरोन्नतिका लागि संघीय सांसद् राजेन्द्र कुमार केसीले ३० करोड रूपैयाँ विनियोजन गर्न माग गरेका छन् ।

अर्थ मन्त्री वर्षमान पुनसँग भेट गरी सांसद् केसीले सो रकम माग गरेका हुन् ।

३ दशकदेखी निर्माणाधीन चरणमा रहेको सो सडकको पानीघाट-चित्लाङ खण्डमा करिब ८ किलोमिटर सडक कालोपत्रे गर्न बाँकी रहेकोले सो कार्यका लागि सांसद् केसीले अर्थमन्त्री समक्ष अनुरोध गरेका हुन् ।

वर्षेनी लाखाैं पर्यटक ओहोर दोहोर गर्ने प्रमुख सडकको स्तरोन्नति गर्न सके रोजगारीका थप अवसर सृजना हुन सक्ने बताउँदै सांसद् केसीले आगामी आर्थिक वर्षका लागि ३० करोड रूपैयाँ विनियोजनका लागि माग गरेका हुन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *