ललितपुरमा डढेलो निभाउँदा घाइते भएका अर्का व्यक्तिको पनि मृत्यु, आगो अझै नियन्त्रण हुन सकेन

Thankot Times

थानकोट ।

ललितपुरको गोदावरी नगरपालिका–४ स्थित तपेश्वर सामुदायिक वनमा डढेलो निभाउन जाँदा घाइते भएका रमेश पहरीको पनि मृत्यु भएको छ ।

पहरीको कीर्तिपुरस्थित वर्न अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।

गोदावरी नगरपालिका- ४ घर भएका ५० वर्षीय रमेश पहरीसँगै डढेलो नियन्त्रणको प्रयासमा रहेका ३५ वर्षीय शङ्कर पहरीको मंगलबार उपचारका क्रममा मृत्यु भएको थियो ।

ललितपुरका तपेश्वर, लेले, आनन्द वन लगायतका विभिन्न ११  स्थानमा डढेलो लागिरहेको छ, जुन नियन्त्रण बाहिर छ ।

तस्बिरः गोदावरी नगरपालिका


Leave a Reply

Your email address will not be published. Required fields are marked *