पूर्वराष्ट्रपति भण्डारी नेतृत्वको टोली चीन प्रस्थान
थानकोट ।
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी एक साताव्यापी भ्रमणका लागि चीन प्रस्थान गरेकी छन् ।
मन्त्री र नेकपा एमालेका नेता सम्मिलित टोलीको नेतृत्व गर्दै पूर्वराष्ट्रपति भण्डारी गएराति बेइजिङ उडेकी हुन् ।
भ्रमणका क्रममा चिनियाँ राष्ट्रपति सी चीनफिङसँगसमेत भेटघाट हुने सम्भावना रहेको एमालेले जनाएको छ।
चिनियाँ कम्युनिष्ट पार्टीको विदेश विभागको निमन्त्रणामा पूर्वराष्ट्रपति भण्डारी नेतृत्वको नेपाली टोलीमा उद्योग मन्त्री दामोदर भण्डारी र एमालेका विदेश विभाग प्रमुख रघुवीर महासेठसहित १५ जना सहभागी छन् ।
चीनमा रहँदा पूर्वराष्ट्रपति भण्डारीले चिनियाँ उपराष्ट्रपतिसँग भेटवार्ता गर्ने तय भएको छ।
पूर्वराष्ट्रपति भण्डारी एमालेको पूर्व उपाध्यक्षसमेत रहिसकेकाले पार्टीको समेत प्रतिनिधित्व गर्ने एमाले विदेश विभाग प्रमुख महासेठले बताए ।
चीनमा रहँदा उद्योग मन्त्री दामोदर भण्डारी र एमाले विदेश विभाग प्रमुख महासेठले वक्ताको रूपमा एक-एक वटा कार्यक्रममा सहभागी हुने तालिका रहेको बताइएको छ ।
तस्वीरः एमालेका विदेश विभाग प्रमुख रघुवीर महासेठको फेसबुक












