रास्वपाको केन्द्रीय समिति बैठक आज बस्ने

Thankot Times

थानकोट ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक आइतबार बस्ने भएको छ।

यसअघि शनिबार केन्द्रीय समितिको आकस्मिक ‘भर्चुअल’ बैठक बसेको थियो।

आइतबार दिउँसो २ बजे पार्टीको केन्द्रीय कार्यालय, वनस्थलीमाभौतिक उपस्थितिमै बैठक बस्न लागेको पार्टीका कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए ।

बैठकमा सर्वोच्च अदालतले पार्टीका सभापति रवि लामिछानेलाई थुनामै राख्ने आदेश सदर गरेपछिको परिस्थिति र पार्टीको आगामी दिशाबारे छलफल हुनेछ। यस्तै देशको विकसित राजनीतिक घटनाक्रमबारे पनि छलफल हुने झाले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *