मंगलबारदेखि काठमाडौं उपत्यका केन्द्रीत जागरण अभियान- प्रचण्ड

Thankot Times

थानकोट ।

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीलाई जनतासँग जोड्न आउँदो मंगलबारदेखि काठमाडौँ उपत्यका केन्द्रित जागरण अभियान सञ्चालन गरिने बताएका छन्।

पार्टीको कीर्तिपुर नगर समितिद्वारा आज आयोजित प्रशिक्षण कार्यक्रममा उनले अभियानमार्फत उपत्यकावासीसँग पार्टीको सम्बन्धलाई थप सुदृढ बनाएर लैजाने बताए। 

पार्टी व्यवहारमै रूपान्तरण हुने दिशामा अघि बढेको स्पष्ट पार्दै उनले यसलाई जनताको सेवकका रुपमा स्थापित गरिने बताए। 

पार्टीले सञ्चालन गरेको हुलाकी मार्ग र मध्यपहाडी लोकमार्ग केन्द्रित अभियान सफल भएको बताउँदै उनले जनताले देखाएको माया र विश्वासले थप जिम्मेवारी बोध गराएको विचार व्यक्त गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *